२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नायिका केकी अधिकारीले बिहेको फोटो सार्बजनिक गर्दै लेखिन यस्तो भाबुक स्टाटस…

काठमाडौ : अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन्। व्यवसायी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन्।

केकी र रोहित दुवैले विवाहबारे नखुलाए पनि बुधबार साँझ सामाजिक सञ्जालमा उनीहरूको मेहेन्दी समारोहको तस्बिर बाहिरिएको थियो। बुधबार दिउँसोदेखि नै उनीहरूको विवाह भएको विषयमा चर्चा भएको थियो।उनीहरूको विवाहमा

नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए। बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी छन्। उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन्।

उनले भनेकी छन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार

बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं।’

फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी केकीले ‘मसान’, ‘आइएम सरी’, ‘श्री पाँच अम्बरे’, ‘फन्को’, ‘बागमती’, ‘भाग सानी भाग’, ‘नाइ नभन्नु ल ५’, ‘कोहलपुर एक्सप्रेस’, ‘छ माया छप्पकै’ लगायत दर्जन फिल्ममा अभिनय

गरिसकेकी छन्। उनी यतिबेला फिल्म ‘बोक्सीको घर’ र ‘सिल्ली फो’ को प्रदर्शनको पखाइमा छिन्। व्यवसायी रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा फुडमारियोका सह-संस्थापक एवम् सिइओ हुन्।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।