२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

पशुपतिमा भगवान् भन्दै बाँदरसँग आर्शिवाद लिनेको भिड, वास्तविक यस्तो ? (भिडियो सहित)

चैत ३०, काठमाडौँ : काठमाडौँको पशुपतिनाथ परिसरमा रहेको एक पहरोमा बनाइएको छ एउटा खोर । फलामको रडको यो खोरभित्र राखिएको छ एउटा ठूलो बाँदर ।

खोरको बाहिरपट्टि छ मानिसको लाम । लामबद्ध मानिस बाँदरसम्म पुग्ने र शिर झुकाएर फर्किने गरेका छन् ।
बाँदरलाई छेउबाट केही भनेपछि उसले मानिसको टाउकोमा हात राख्दिने, कपाल तान्दिने वा गालामा हात लैजाने जस्ता गतिविधि गर्ने गरेको छ ।

जसलाई ‘आशिर्वाद दिएको’ भन्ने गरिन्छ । अन्य बाँदरभन्दा फरक व्यवहार देखाउने, मान्छे जाँदा टाउकोमा हात लगेर आशिर्वाद दिने व्यवहारले विश्वास गर्नेहरू उक्त बाँदरलाई हनुमानका रूपमा पुज्ने थालेका छन् । अहिले बाँदरको आर्शिवाद लिन त्यहाँ दैनिक सयौँकाे भिड लाग्ने गरेको छ ।

बाँदरको ‘दर्शन गराइदिन’ त्यहाँ दुई जना युवक बस्ने गरेका छन् । उनीहरूले त्यहाँ पुग्ने मानिसलाई लाइनमा राखेर दर्शन गराउने गरेका छन् । युवकहरूले उक्त बाँदर १२ वर्षअघि भारतबाट आएका एकजना जोगीले लिएर आएकाे बताए ।

युवकहरूले बाँदरलाई अलाैकिक रूपमा प्रस्तुत गर्न खाेजेपनि बाँदरको अध्ययनमा लामो समय बिताएका डा. मुकेश चालिसे भने लामो समयसम्म मान्छेको सङ्गत गर्दा बाँदरले मान्छेका केही आनीबानी सिक्ने भएकाले बाँदरले यस्ताे व्यवहार देखाउनु सामान्य भएको बताउँछन् ।

मकालु खबरसँगको कुराकानीमा उनले भने, यो बाँदर रेसस प्रजातिको हो, यसले यस्तो व्यवहार देखाउनु सामान्य हो । कुनै आश्चर्यजनक वा चामत्कारिक विषय होइन । आयुश बिश्वकर्मा/ मकालु खबर)

भिडियो !

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 0 Minutes 405 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।