२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

नवनियुक्त मन्त्री श्रेष्ठ भन्नुहुन्छ – भ्रष्टाचार गर्ने, आफू अनुकूल कानुन बनाउने दिन गए ।

पुस ११, काठमाण्डाै : नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टा-चारको प्रभा-वकारी नियन्त्रण गर्नु र अनिय-मिततालाई कडाइपूर्वक

रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ ।
आज सोमवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टा-चारको

प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो ।

उहाँले नागरिकले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरिकन र घु-स नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो यो सरकारकाे प्राथमिकता राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन

कायम गरेर समृद्धिको फड्को मार्नु हो । राजनीतिक परिवर्तनपछि नागरिककाे जीवनमा परिवर्तन गर्नु हो । यसअघि भएका सकारात्मक कामलाई आत्मासात् कमजो-रीलाई सच्याउने, समस्यालाई समाधान गर्ने सरकारकाे काम हाे ।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनिय-मिततालाई कडाइपूर्वक रोक्नु पहिलो काम हुन्छ । नागरिककाे जीवनमा परिवर्तन हुने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनुपर्ने हुन्छ ।

मन्त्री श्रेष्ठले भ्र-ष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेता-वनी पनि दिनुभयो । उहाँले भ्र-ष्टाचार गर्ने र आफू अनुकूल ऐन, कानुन बनाउनेहरूको दिन गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, भ्रष्टा-चार गर्नेले वा पैसालाई मात्र केन्द्रविन्दुमा राख्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु र ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस् ।

मन्त्री श्रेष्ठले नागरिकलाई ‘डेलिभरी’ दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि स्पष्ट पार्नुभयो ।

२०७९ पुष ११, सोमबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।