२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

विवेक ओबराेय परिवारसहित नेपालमा आइपुगे !

मंसिर २८, काठमाण्डाै : भारतीय अभिनेता विवके ओबराेय परिवारसहित नेपाल आइपुगेका छन् । आज बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विमानस्थलमै पत्रकारसँगकाे कुराकानीमा अभिनेता ओबराेयले पशुपतिनाथ र गाैतमबुद्धकाे जन्मस्थल लुम्बिनीकाे भ्रमण गर्ने बताए । उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पाेखराकाे पनि भ्रमण गर्नेछन् ।

नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेकाे अभिनेता ओबराेयले बताए । नेपाल र भारत उस्ता–उस्तै लाग्ने बताउँदै उनले बालबच्चालाई पनि नेपाल घुम्न ल्याएकाे जनाए ।

अभिनेता ओबराेयलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटाेपी लगाएर स्वागत गर्नुभएकाे थियाे । ओबराेय यादवकै आग्रहमा नेपाल आएका हुन् ।

२०७९ मंसिर २८, बुधबार प्रकाशित 0 Minutes 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।