२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

रेशम चाैधरीलगायतकाे मु-द्दा फिर्ता लिने अध्यादेशप्रति महामन्त्री गगन थापाकाे असन्तुष्टि !

मंसिर २६, काठामाण्डाै : सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कै-दीबन्दीको मु-द्दा फिर्ताका लागि अध्यादेश ल्याउन

लागेकोमा वि-रोध गर्ने क्रम बढेकाे छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरो-ध गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले याे अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएकाे छ । उहाँले याे अध्यादेशकाे विषयमा पार्टीभित्र कुनै छलफल नभएकाे भन्दै सरकारले तत्काल अध्या-देश फिर्ता लिनुपर्ने बताउनुभएकाे छ ।

महामन्त्री थापाले आज साेमवार सामाजिक सञ्जालमार्फत भन्नुभएकाे छ, पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ ।

यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असं-वैधानिक र संसदीय व्यवस्थाको मर्म विप*रीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।

यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्र-मणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत भएको बताउनुभएको थियाे ।

२०७९ मंसिर २६, सोमबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।