२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया र कतार उडानका लागि निगमको गृहकार्य सुरु !

मंसिर २५, काठमाडौँ : नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ ।

निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो ।
निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा

ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिइन । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले

सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ । आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ ।

निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ ।
हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।