
मंसिर १९, काठमाडौ : बलिउड तथा हलिउडका कलाकारले आफ्नो बिहेको भिडियो डिजिटल प्लेटफर्ममा बेचेर महंगो रकम हात पारेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् ।
नेपालका सेलिब्रिटीले भने बिहेको भिडियो आफ्नै युट्युब च्यानलमा अपलोड गर्ने गरेका छन् ।.तर, नायक सलोन बस्नेत र करिश्मा केसीले भने बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरेका छन् ।
उनीहरुको बिहेको भिडियोको ३ वटा श्रृङ्खला ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । उनीहरुको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियोलाई ओएसआरले सार्वजनिक गर्ने गरि डिजिटल राइट्स बिक्री गरिएको हो ।
साथै, सलोन र करिश्माले अभिनय गरेको ‘राजा रानी’ बोलको गीत पनि ओएसआरबाट नै सार्वजनिक भएको छ ।
श्रोतका अनुसार, १० लाख एमजीमा यी सबै सामाग्रीको अधिकार बेचिएको हो ।
साथै, १० लाख एमजीपछि सलोनले ७० प्रतिशत र ओएसआरले ३० प्रतिशत पाउने सहमती पनि भएको छ । निर्देशक शोभित बस्नेतले यो कुराको पुष्टी गरे ।
आमेष भण्डारीको शब्द, संगीत र स्वरमा समावेश ‘राजा रानी’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको हो । यो गीतमा सलोन र करिश्माको बिहे र मेहेन्दी सेरेमोनीका दृश्यहरु समावेश छन् ।मेरो फिल्मी