
मंसिर १९, काठमाडौं : कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ ।
टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ ।
नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिडिया
हब प्रालिले लिएपनि नेपाल टेलिभिजनले आफ्नै पहलमा खेल प्रसारणकाे प्रक्रिया अघि बढाएको हो । हाल नेपालमा विश्वकप फुटबलका खेल हेर्न टेलिभिजन सेटटप प्रयोगकर्ताले हिमालय प्रिमियम च्यानलका लागि ५६५ रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
उद्घाटन समारोह, उद्घाटन खेल, सेमिफाइनल र फाइनल खेल भने पैसा नतिरी नै हेर्न सकिनेगरी मिडिया हबले प्रसारण अधिकार लिएको छ ।
यही सन्दर्भमा सरकारी स्वामित्वको नेपाल टेलिभिजनले फिफासँग समन्वय गरी सेमिफाइनल र फाइनलका खेल प्रसारण गर्न आवश्यक प्रक्रिया थालेको र केही दिनमै यो विषय टुंगिने टेलिभिजन स्रोतले जानकारी दिएको छ । टिच पाना