२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगारी कम्बोडिया पठाइदिन्छु भन्दै ठ-गी गर्ने व्यक्ति पक्राउ !

मंसिर १६, काठमाडौं : वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठ-गी गरेको आ-रोपमा एक व्यक्ति प’क्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवा-गढी–१० का

२७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको भन्दै उनले

२३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ।
कम्बोडियाको आकर्षक तलव सुविधासहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पी-डितबाट बैंकमा जम्मा गर्न लगाएर ठ-गी गरेका हुन्।

प्रहरीका अनुसार उनले विभिन्न ब्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए।
पक्राउ परेका आचार्यलाई ठ-गीसम्बन्धी कसुरमा आवश्यक

अनु-सन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।