२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

नेपालमा ४ महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी भित्रियो !

मंसिर १६, काठमाण्डाै : कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो ।

चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क छ ।

यो चार महिनामा सबैभन्दा धेरै आलु आयात भएको छ । चार महिनामा चार अर्ब २५ लाख रुपैयाँको आलु, दुई अर्ब १९ करोड रुपैयाँको प्याज, ३७ करोड रुपैयाँको लसुन,

१४ करोड ११ लाख रुपैयाँको गोलभेँडा, साढे सात करोड रुपैयाँको केराउ र चार अर्ब ३७ करोड रुपैयाँको सिमीलगायतका गेडागुडी आयात भएको छ ।

सरकारले यो वर्ष बजेटमार्फत कृषिजन्य वस्तुको आयातलाई ३० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । विदेशबाट आउने वस्तुमा कडाइ गर्दा आयातमा कमी आएको छ तर आयातमा कमी आउँदा भन्सार राजस्व भने लक्ष्यअनुसार उठ्न सकेको छैन ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।