२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

सागर ढकाल भन्छन् – डडेल्धुराबासीलाई गाली नगर्नुहोस, अब डडेल्धुरा बनाउछु ।

मंसिर ८ डडेल्धुरा : स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।

मंगलबार बिहान फेसबुक लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।

उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन, उनले भने, अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो।

सक्किसक्यो अब कम्पिटिसन नै छैन।’ उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए।

अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०–१२ हजार भोट मात्र गन्ती भएको छ, यहाँ करिब ५० हजार मत खसेको छ। सकारात्मक भइदिनु होला, सागरले भनेका छन्, युवाहरू सबै आउनुपर्छ।

धेरैजनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौं।’
ढकालले डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रहसमेत गरेका छन्।

यसै बीच अहिले डडेल्धुराको पछिल्लो अपडेट सार्बजनिक भएको छ । पछिल्लो अपडेट अनुसार शेरबहादुर देउवाले ९७७३ सागर ढकालले ५१९३ र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)ले २६९४ मत प्राप्त गरेका छन् ।

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।