२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

तनहुँमा मत गन्दागन्दै भेटियो “प्रदेश खारेज गर” लेखिएको मतपत्र !

मंसिर ६, तनहुँ : तनहुँमा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा यस्तो मतपत्र भेटिएको हो ।

प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।तनहुँ २ को मतगणना अहिले शुक्लागण्डकि नगरपालिकाको कार्यालयमा भैरहेको छ ।

तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।उता चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् ।रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् ।‍

उता चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा जुलुस निकालिएको छ । जारी मत गणनामा दुईहजार मतको अग्रता लिएका रविको पक्षमा उनका समर्थकले जुलुस निकालेका हुन् ।

उनीहरूले हिम्मत गर रवि दाइ, जनता तिम्रो साथमा छ, सिंगो नेपाल के भन्छ– रवि दाइलाई ले भन्छ, रवि दाइ, हाई हाई, नारा लगाएका छन् ।यता कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ ।तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन ।

भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो ।राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन ।काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय मतपत्रगणना भयो ।

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 1 Minute 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।