२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट !

मंसिर ६, पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्या-लिब्रेसन फ्लाइट सुरु भएको छ । जडान उपकरणको क्षमता परीक्षण गर्न उडान सुरु भएको हो ।

क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज र प्राविधिकहरु शनिबार नै पोखरा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ देखि १२ मंसिरसम्म विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

विमानस्थलका प्रवक्ता अनुप जोशीले त्यही प्रयोजनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको जहाज नेपालगञ्जबाट हुँदै पोखरा ल्याइएको बताए । उनका अनुसार २७ नोभेम्बरसम्म यान्त्रिक परीक्षण उडान हुनेछ ।

विमानस्थलमा सरकारले नयाँ वर्ष अवसर पारेर आगामी १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षण हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालि-ब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो ।

यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदन आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदनपछि व्यावसायिक उडानका लागि कम्पनीले अनुमति पाउँछन् ।

क्यालिब्रेसन परीक्षण उडान हुँदा चालु पोखरा विमानस्थलमा उडान प्रभा-वित हुने क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ । क्यालि-बे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभा-वित हुने छन् ।

त्यसको लागि ‘नोटाम’ जारी गरिएको छ । नोटाम जारी हुँदा अरु नियमित उडान हुन सक्दैनन् । क्यालि-ब्रेसन परीक्षण उडान हुने भएपछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्ममात्र चालु विमानस्थलबाट उडान हुने छन् । अरु बेला उडान प्रभावित हुने छन् ।

आजबाट उडान सुरु भएको छ । प्राविधिकले रिपोर्ट बुझाएपछि हामीले पूर्ण रुपमा हामीले जानकारी पाउँछौं, प्रवक्ता जोशीले भने, प्रारम्भिकरुपमा हेर्दा हामीले राम्रो नै पाएका छौं ।

यो उडानपछि सबै प्राविधिक विषय जानकारी हुने प्रवक्ता जोशीले जानकारी दिए । जहाजले यो रुटमा उड्दा सिंनल पाउँछन् कि पाउँदैन् भन्ने कुरा सुरक्षित गर्ने उनीहरुको दायित्व हो, उनले भने, हामीले यहाँ जोडेको फङ्सनले काम गर्छ या परिवर्तन गर्नुपर्छ भनेर सबै चेक गर्छ ।

२०७९ मंसिर ६, मंगलवार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।