
मंसिर ४, काठमाण्डाै : आज आइतवार देशभर प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव भइरहेकाे छ । चुनावमा देशभर चाडपर्व जत्तिकै उत्सव छ ।
मतदान गर्ने याे बेलामा विदेशमा बस्नेहरूसमेत गाउँघर फर्कनुपर्ने बेला हो । तर यही बेला कतिपयलाई भने विदेशिनुपर्ने बाध्यता छ । देशमै राम्रो रोजगारीको अवसर नभएकै कारण भोट
दिन छोडेर वैदेशिक रोजगारीमा जानुपरेको धेरैको गुनासो छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र हातमा पासपोर्ट, साथमा ठूल्ठूला सुटकेस र झोला बोकेर छिर्नेहरूको लाइन छ । सँगै परिवारसँग छुट्टिनुपर्दाकाे पीडा पनि देख्न सकिन्छ ।