२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

साउदीमा अरबमा अलपत्र क्षेत्रीलाई सहयोग !

असोज २७, साउदी : १२ वर्षदेखि साउदी अरेबियामा अलपत्र परेका बुटवलका दामोदर क्षेत्रीका लागि दूतावासको सहकार्यमा ४० हजार रियाल जुटेको छ।

साउदीमा रहेका विभिन्न भातृसंगठन, एनआरएन तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहयोगमा सो रकम उठेको हो।
पी-डित क्षेत्रीका लागि आवश्यक ७९ हजार साउदी रियालमध्ये ४० हजार उठेको छ। पी-डित दामोदर भन्छन् ‘घरायसी

अवस्था निकै दयनीय छ, बाँकी रकम उठाउन व्यक्तिगत रूपमा असमर्थ रहेकाले थप आवश्यक रकमका लागि साउदीलगायत विभिन्न राष्ट्रमा कार्यरत रहेका नेपालीलाई सहयोग गर्न आह्वान गर्छु।’? दामोदर क्षेत्रीका बारेमा अन्नपूर्ण पोस्ट दैनिकमा २०७८ पुस ११मा समाचार प्रकाशित गरिएको थियो।

वैदेशिक रोजगारका क्रममा साउदी अरेबिया पुगेका बुटवल ४ का दामोदर क्षेत्री १२ वर्षदेखि साउदीमा अलपत्र छन्। २०६८ असारमा उनी ड्राइभर भिसामा साउदी गएका थिए।

हातमा सीप भएका क्षेत्रीले ड्राइभर भिसा परिवर्तन गर्न कम्पनीमा अनुरोध गरे। कम्पनीले २५ सय साउदी रियाल मागेपछि कार्यरत कम्पनीबाट भागेर २०६९ सालमा हमद साउद अल हाजीरी कम्पनीमा ड्राइभरको काममा लागे।

काम गर्दै जाँदा आफूले चलाएको गाडी दुर्घ-टनामा । दुर्घ-टनामा पाकिस्तानी नागरिकको मृ-त्यु भयो। दुर्घ-टनामा परेका दुबै गाडीहरू जलेर नस्ट भए। दामोदर पनि प-क्राउ परे। तीन महिना जेल बसे। जेलबाट निस्किएपछि पुनः कम्पनीको काममा फर्किए।

तर, कम्पनीले दामोदरसँग दुर्घ-टनामा जलेको गाडीको क्षति-पूर्ति रकमस्वरूप ७९ हजार साउदी रियाल (लगभग २४ लाख ८० हजार) नेपाली रूपैयाँ माग ग-र्यो। दामोदरले सो रकम तिर्न नसकेपछि सम्बन्धित कम्पनीले दुई वर्षपछि जेल चलान ग-र्यो।

तर, दुर्घ-टनामा ज्या-न गु-माएका पाकिस्तानी नागरिकको तर्फबाट भने कुनै उजु-री परेन। २०७४ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका क्षेत्री २०७८ फागुनमा छुटे। ४ वर्ष जेल स-जाय कटाइसकेका क्षेत्रीले हालसम्म सो रकम तिर्न सकेका छैनन्। रकम अभावले उनी साउदीमा अल-पत्र छन्।

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।