२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

आउदो चुनावमा काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव !

असोज १२, काठमाडौ : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ

अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् । घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् ।

घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।

उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।