२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

काठमाडौका मेयर बालेनको डोजर र राजनीतिकर्मीको रहस्यमय मौनता !

असोज ११, काठमाडौ : काठमाडौंका सडकलगायत सार्वजनिक स्थलहरूमा जथाभावीतन्त्र हावी भएको बेलामा सम्बन्धित निकायले कानमा तेल हालेर बस्ने छुट छैन, हुनु पनि हुँदैन।

कानुनी प्रावधानहरू न्याय र सार्वजनिक हितका लागि निर्माण गरिएका हुन्छन् र गरिनुपर्छ। सबैले कानुन पालना गर्नुपर्छ, कानुनभन्दा माथि कोही हुनुहुँदैन। तर कानुन कसैलाई थिचोमिचो गर्ने हतियार पनि हुनुहुँदैन।

पछिल्लो समयमा काठमाडौं महानगरपालिका (कामपा) ले आफ्ना मेयरको नेतृत्वमा केही क्रान्तिकारी कदमहरू उठाउने प्रयास गरिरहेको आमसंचारका माध्यमहरूमा छ्यापछ्याप्ती देख्न पाइन्छ। नक्सा विपरित निर्माण गरिएका संरचनाहरू भत्काउन तल्लीन देखिन्छ महानगरपालिका।

यसअघि फोहोर व्यवस्थापन, दर्ता नगरिएका सडक व्यवसायहरू माथिको कारबाही लगायतका उपलब्धिबाट हौसिएको कामपा नेतृत्वले अहिले भवनसंहिता कार्यान्वयन गर्ने जमर्को गरेको देखिन्छ।

सामाजिक संजालमा कामपा गतिविधि र खासगरी मेयर बालेन्द्र शाह (बालेन) को धेरै नै प्रशंसा पनि भएको छ। नेपाली समाजले खुलेर यति प्रशंसा गरेको सायदै कुनै सरकारी गतिविधि वा जनप्रतिनिधि होलान्। मेयर शाहले पनि काम गरेको देख्न-सुन्न पाइन् ।

निर्वाचनअघि अनेकथरी हुने-नहुने प्रतिज्ञाहरू गर्ने, तर चुनिएर गएपछि घुँएत्रोले फालेको ढुंगो झैं अत्तो-पत्तो नहुने हाम्रा तमाम जनप्रतिनिधिहरूको भोगाइमा परेका सर्वसाधारणलाई बालेनका गतिविधिले ‘चाह्यो भने केही गर्न सकिने रहेछ’ भन्ने जबर्जस्त सन्देश दियो। सायद त्यही भएर होला, मेयर भाइरल भएका छन् यतिबेला।

केही छिटपुट राजनीतिकर्मीहरूले उनको कदमको बारेमा आलोचना गर्ने प्रयास गरे भने सामाजिक संजाललगायतका आमसंचारमाध्यमहरूबाट उनीहरूलाई ढुट्टो-पिठ्ठो पारिन्छ।

सकारात्मकै भएर हो कि, जनलहरको हुरीले उछिट्याउला भन्ने डरले हो, वा लघुताभासले हो, वा अन्य कुनै कारणले हो, आम जनसरोकारको विषय बनेको कामपा गतिविधिहरूमाथि राजनीतिक नेतृत्वले आफ्नो स्पष्ट धारणा विरलै मात्र राख्ने गरेका छन्।

तर लोकतान्त्रिक पद्धति र विधिको शासनमा विश्वास गर्ने र कामपाका गतिविधि नजिकबाट नियालेर हेर्ने एउटा सामान्य नागरिकका मनमा केही प्रश्न उत्पन्न भएका छन्। काठमाडौं महानगरपालिका एउटा स्वायत्त स्थानीय निकाय हो।

यसको आफ्नै नियम-कानुन तर्जुमा गर्नेदेखि कार्यान्वयन गर्ने र न्यायिक निरूपण गर्नेसम्मको अधिकार र क्षमता छ। गैर काठमाडौंवासीहरूप्रति कामपाले जवाफदेही हुनु जरुरी छैन। तर यससँगै जोडिएका अन्य अवयव पनि छन्। काठमाडौं संघीय राजधानी पनि हो।

२०७९ आश्विन ११, मंगलवार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।