
असोज ७, काठमाडौँ : भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन्। ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन्।
उनलाई चुपके चुपके, अपनापन, अम्बर अकबर एन्थोनीलगायतका फिल्मको अभिनेता भनेर चिनिन्छ।
उनले निर्देशन गर्ने चलचित्र ‘सायरा’ लाई नेपालको डीबीआर मिडिया एन्ड मुभिज प्रा.लि. भारतको भिजेलब्वाई
प्रोडक्सन र अस्ट्रेलियाको आइविल प्रोडक्सन कम्पनिले संयुक्त रूपमा निर्माण गर्दैछ। पहिलोपटक नेपाल आइपुगेका निर्देशक देसाई यहाँसम्म नेपाली चलचित्रको गुणस्तरीयता र सुन्दरताले तानेको बताउँछन्। भारतमै पनि पछिल्लो समय प्रान्तीय चलचित्रहरूको लोकप्रियता बढिरहेको हुँदा नेपाली र हिन्दी
भाषामा चलचित्र बनाएर विश्वभर प्रदर्शन गर्ने योजना उनको छ। नेपाल आएपछि उनले पशुपतिनाथको दर्शन गरे। चन्द्रागिरी घुमे। भारत फर्किदासम्म उनले सुन्दर यादहरू संगालेका छन्। नेपाल बसाई र चलचित्रसँग सम्बन्धित रहेर उनीसँग गरिएको संवादः
नेपाल बसाई कस्तो रह्यो ?
निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकि हाम्रो संस्कृतिझैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइनँ भन्ने लागेको छ । अब नेपाली चलचित्र निर्देशन गर्दैछु ।
कस्तो लाग्यो नेपाल ?
म काठमाडौं आसपासमा मात्र घुमें । अर्कोपटक आउँदा पोखरा, लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकि यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषतः यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाएँ । मेरो घरमा आमा शिवभक्त हुन्हुन्छ ।
उहाँले पशुपतिनाथको जसरी पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुस गर्नुहुन्न ।
यद्यपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु ।डिसि नेपाल