२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर बालेन झनै एक्सनमा, ४१ ठूला करदातालाई काठमाडौं महानगरको पत्र १० दिनभित्र कर तिर्नूहोस् ।

असोज ७, काठमाडौं : काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिंदै पत्र काटेको छ ।

बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर ति-र्न निर्देशन दिएको छ ।

रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर

बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । त्यसैगरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट,

होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ । भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर,

नेपाल स्काउट, नेेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई पनि पत्र काटिएको उनले जानकारी दिए ।

अधिकारीका अनुसार रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे/सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकार/विजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषेत्तम संघइ र किरण संघलाई पनि कर तिर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ । अन्लाईन खबर

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।