२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

मेयर बालेन भन्नुहुन्छ – राष्ट्रपति भण्डारीको निर्णय सही छ ।

​​​​​​​असोज ६, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयकमा प्रमाणिकरण नगर्ने निर्णय अत्यन्तै

सही रहेको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भनेका छन्, राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।

मेयर बालेनले राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने समेत बताएका छन् ।
राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता बिद्येयकलाई गठबन्धनले जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको छ ।

थप समाचार, शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उप–महानगरपालिकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अव-रोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरु आउने प्रतिवद्धता जनाउने तर काम नगरेको आरोप लगाए ।

मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जन-प्रतिनिधिहरुले सबै भन्दा बढी चासो राख्नुपर्ने बताए । उनले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्या-ण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेता-वनी दिए ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।