२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

कुलमान घिसिङ भन्नुहुन्छ – प्राधिकरणको मुख्य उद्देश्य नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो ।

असार ५, काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।

मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै

खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख थरे । उनले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे ।

घिसिङले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए । उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पु¥याउने बताए ।

घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे । उनले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताए ।

घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिव १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए ।

उनले भने, विद्युत प्राधिकरणले करिब एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत कतैबाट ल्यान सकिन्छकी भनेर गुहार माग्नुपर्ने स्थिति थियो ।

अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युतको करिव १ डलरपर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । उनले थपे, प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने होइन ।

विद्युत खपत गर्ने हो । नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो । विद्युत खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ । घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्नुपर्छ ।

उनले फेरि भने, त्यसपछि मात्रै विद्युतको माग बढ्छ र नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ । नि-र्यात गरेर भन्दा विद्युत खपत गरेर योगदान बढी गर्नसक्छौं । तर खपत नहुँदा विद्युत खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो । अहिले नेपालमा विद्युत ५० प्रतिशत सस्तो रहेको छ ।­

प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे । उनले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए ।

घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । उनले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताए ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।