
भदौ १६, काठमाडौ : कुनै बेलाका चर्चित संचारकर्मी रवि लामिछानेले पत्रकारिता यात्रा छोडेर राजनितीमा होमिए लगत्तै काठमाडौँको राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी
घोषणा गर्ने दिन भनेका थिए चुनाव लड्न त मलाई चितवन , डढेलधुरा या झापाबाट मन थियो तर रविले त्यस दिन गरेको संकेत थियो आफुलाई प्रचण्ड, देउवा या केपी ओलीसँग चुनाव लड्न मन थियो तर संसदीय राजनितीमा अनेक तिकडम
गरेर पनि शीर्ष नेतालाई जिताउने छन् त्यस कारण त्यहाँबाट नउठेर अन्यन्त्रै बाट चुनावी प्रति-ष्पर्धा गर्ने रविले संकेत गरेका थिए । तर अहिले भने उनी चितवनबाटै प्रचण्डसँग चुनावी प्रतिष्पर्धा गर्न तयार भएको बताइएको छ ।
देश दौडाह गरिसके पछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपुर्व समर्थन रहेको ठहर रवि लामिछाने र उनको टिमले गरेको छ । रविले जुन सुकै क्षेत्रबाट चुनाव लडे पनि जित्न सक्ने अवस्था रहेको विश्ले-षण उनको टिमले गरेको छ ।
जता पनि जित्न सक्ने देखिए पछि चितवनबाट प्रतिष्पर्धा गरेर प्रचण्डलाई हराउने दाउमा रवि रहेको बताइन्छ । रविका कोर टिममा सदस्य दिपक बोहाराले केहि दिन अघि मात्रै एक स्टाटस लेख्दै अहिले नेपालमा रवि लामिछानेको जस्तो क्रेज
कुनै पनि नेताको नभएको ठोकुवा गर्दैै जहाँबाट चुनाव लडे पनि जित्न सकिने हिसाब बताएका थिए । बोहोराले भनेका थिए कहाँ बाट ल-डेर कसलाई हराउने मात्रै सवाल हो ।
पार्टी ग-ठनलगत्तै देश दौडाहा सुरु गरेका रविले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो नाडी आफैंले छामिसकेका छन् । अहिलेको लहरलाई हेर्दा समानुपातिकतर्फ राम्रो नतिजा ल्याउन सक्ने उनको आत्म-विश्लेषण छ । प्रत्यक्षतर्फ भने उनी स्वयमले धेरै आशा राखेका छैनन् ।
रवि भने जहाँबाट उठ्दा पनि जित्न सक्ने आत्मविश्वास सो पार्टीभित्र बढ्दो छ । उनले एक सिट प्रत्यक्षमा जिते भने राष्ट्रिय पार्टी बन्ने ढोका खुल्न सक्छ । त्यसैले, उनको जित पार्टीको भविष्यमा निम्ति अपरिहार्यजस्तै छ ।
निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै गए पनि रविले कहाँबाट लड्ने भन्ने नि-धो गरिसकेका छैनन् । पार्टी स्रोतका अनुसार उनको सबैभन्दा पहिलो प्राथमिकता भने चितवन हो । त्यसमा पनि चितवन–३, जहाँबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने अनौ-पचारिक घोषणा गरिसकेका छन् ।
लामो समयदेखि चितवन–३ मा मतदाता प्रभावित पार्न प्रचण्डले राजनीतिक र आर्थिक सबै प्रयास खन्याइरहेका छन् । उनकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर हुन्, जुन चितवन–३ अन्तर्गत नै पर्छ । यस क्षेत्रमा माओवादीले रेनुलाई बुबाको चुनावी कमा-ण्डरसमेत तोकिसकेको छ ।
अर्कोतर्फ प्रचण्डलाई सत्तारुढ गठवन्धनको समर्थन हुनेछ । कांग्रेस कार्यकर्ताले ‘माथि’को मिलेमतो स्वीकार्दै इमान्दा-रिपूर्वक हँसिया हतौडामा भोट हाले प्रचण्डको जित क-ठिन छैन । तर, रविमा भने प्रचण्डलाई पन्छाएर संसदमा आफ्नो स्थान बनाउने महत्वा-कांक्षा बढ्दो छ । यो एकप्रकारले उनका लागि राजनीतिक जुवा पनि हो ।
रविले चितवन–३ बाट लड्न चाहनुका मुख्य दुई कारण छन् । पहिलो–त्यहाँ आफ्नो पार्टीका पक्षमा उनले देखेको माहोल । दोस्रो–‘टेस्टेड एन्ड फेल्ड’ भइसकेका पूर्वप्रधानमन्त्रीहरुमध्ये एकजनालाई चु-नौती दिने हुटहुटी ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमध्ये एकजनालाई हराएर आफूलाई प्रुफ गर्न उत्साही बनेका छन् रवि । त्यसमा पनि धेरै समर्थकहरुले चितवन रोज्न आग्रह गरिरहेका छन् । पार्टीबाहिरका शुभेच्छुकहरुको ठूलो संख्या पनि प्रचण्डवि-रुद्ध रवि उठेको हेर्न आतुर छ ।
राजनीतिक सनसनी उत्पन्न गरेर आफ्नो पार्टीलाई चाँडै जनतामाझ स्थापित गराउनु पनि रविको अर्को उद्देश्य हो । आफू हार्नसक्ने जोखिम मोलेर ‘पार्टी जिताउने’ उनले बताइरहेका छन् । यद्यपि, पार्टीभित्रको कोर टिम भने उनीसँग कन्भिन्स छैन ।
एक केन्द्रीय सदस्य भन्छन्, अहिले हाम्रो पार्टीलाई संसदमा पुर्याउने अभिभारा उहाँकै काँधमा छ । चुनावी अभियानका क्रममा पनि उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुन सक्ने अवस्था छैन ।
तर, प्रचण्डवि-रुद्ध उम्मेदवारी दिनुभयो भने त्यही क्षेत्रमा धेरै समय दिनुपर्ने हुन्छ र अन्यत्र हिँड्न पाउनुहुन्न । त्यही भएर सकभर काठमाडौंमै उम्मेदवारी दिन केही नेताहरुले सुझाव दिइरहनुभएको छ । काठमाडौंमा ल-ड्नुभयो भने अन्य जिल्लाहरुमा आउजाउ गर्न पनि सजिलो हुन्छ ।
रविको मतदाता नामावली काठमाडौंको ३ नम्बर क्षेत्रमा छ । उनले सुरुमा यही आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने मनसाय बनाएका थिए । तर, आफ्नै दाजु हरिशरण लामिछानेले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि उनी अलमलमा परे । त्यसयता रवि अनिर्णित बनेका छन् ।