२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

कोरियासँग सभामुखले मागे यस्तो सहयोग, बालेन पनि मिल्यो राहत !

भदौ ५, काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले दक्षिण कोरियासँग काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहयोग मागेका छन्। नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाली

संसदीय प्रतिनिधिसँगको छलफलमा सभामुखले यस्तो सहयोग मागेका हुन्। काठमाडौंको फोहोर व्यवस्थापन सकसपूर्ण भइरहेका बेला सभामुखले कोरियाली संसदीय टोलीसँग

फोहोरमैला व्यवस्थापन गर्न सहयोग माग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। जापानको भ्रमण गरी फर्किने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको फोहोर व्यवस्थापन गर्न जापान सरकारसँग सहयोग मागेको बताएका थिए।

सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताए।

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधिमण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताए।

काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने सभामुखलाई जवाफ दिएका थिए।सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए।

भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरू दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई माया गर्ने सांसदहरु रहेको बताए।

प्रतिनिधिमण्डलमा लि सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलगायत सहभागी थिए।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार