२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

काठमाडौका मेयर साह र हर्क साम्पाङको कुरो मिल्यो, देश बिदेशमा चर्चा !

भदौ ३, काठमाडौ : दुई दिन देखी सामाजिक संजालमा जुहारी खेलिरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको

फेसबुक वार विस्तारै कूल डाउन हुँदै गएको छ । दुई दिन सम्म लगातार बालेन वि-रुद्ध स्टाटस वार चलाएका धरानका मेयर हर्क साम्पाङ विस्तारै शान्त भएका छन् । उनले केहि बेर अघि मात्रै अब झ-गडा नगरौँ मिलौँ भनेर स्टाटस लेखेका छन् ।

साम्पाङले ठुला ठुला गफ लाउने होइन साना साना काम गरौँ एक अर्काको विरोधमा होइन मिलेर अघि बढौँ भनेर लेखेका छन् । बढिनै आलो-चना हुन थाले पछि साम्पाङ हच्कि*एका छन् । यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि शान्त हुँदै गएका छन् ।

हर्कको स्टाटसमा बालेनले कमेन्ट गरे पछि सुरु भएको फेसबुक वार अब भने सेटल हुने बाटोमा गएको छ । बालेनले पनि भर्खरै स्टाटस लेख्दै काठमाडौँको फाहोर व्यवस्थापनमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

बालेनले सिधै हर्क साम्पाङको नाम नलिए पनि उनको स्टाटसको आसय हर्क तिरै लक्षित देखिन्थ्यो । यसरी सबैतिरबाट चासो व्यक्त हुन राम्रो भएको भन्दै भन्दै बालेनले आभार व्यक्त गरेका छन् ।

बालेनले निकै फराकिलो पन देखाएर स्टाटस लेखेका छन् उनले काठमाडौँ देशकै राजधानी भएकाले यहाँ हुने राम्रा र नराम्रा कामले देशैभरी प्रभाव पर्ने कुरामा सचेत रहेको भन्दै फोहोर व्यवस्थापनमा देखिएको सबैको चासोलाई सकारात्मक र सरहानिय रहेको भनेका छन् ।

त्यत्तिमा मात्रै नरोकिएका बालेनले यसरी चासो राखिदिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै चासो राखिदिन पनि अनुरोध गरेका छन् । बालेनलले अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन । भन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

आफ्नो सामाजिक संजाल फेसबुकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेको स्टाटस यस्तो छ । आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ ।

अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन । काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ ।

यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ । यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।

बालेन र हर्कको दुई फरक फरक स्टाटसले उनीहरु विचको फेसवुक वार अब सकिएको अनुमान गरिएको छ । दुवैका समर्थकहरुले अब यो विषयलाई यहि अन्त्य गर्न अनुरोध पनि गरेका छन् ।

बालेनले एउटा स्टाटसमा कमेन्ट गरे पछि विच्कीएका हर्कले दुई दिन सम्म लगातार फेसबुकमा बालेन विरुद्ध स्टाटसको बर्षा गराएका थिए । दुई स्वतन्त्रहरुनै एक आपसमा भिडे पछि देशभरका उनीहरुका समर्थकहरु निराश भएका थिए् ।

बालेन र हर्कको जुहारीले स्वतन्त्रहरु प्रतिको दृष्टिकोणनै नराम्रो भएको भन्दै चिन्ता पनि समर्थकहरुले व्यक्त गरेका थिए । दुई दिन बालेन र हर्ककै चर्चाले सामाजिक संजाल रंगिएको थियो । दुई जनाले राजनितिक दलका कार्यकर्तालाई भने गजबको मसाल दिएका थिए ।

२०७९ भाद्र ३, शुक्रबार प्रकाशित 1 Minute 891 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।