२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर साह भन्नुहुन्छ – प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ?

साउन ३१, काठमाण्डाै : काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाै उपत्यकाकाे फाेहर विसर्जनमा देखिएकाे समस्या सतही मात्रै भएकाे टिप्पणी गर्नुभएकाे छ ।

बञ्चरेडाँडामा फाेहर फ्याँक्ने क्रममा आज साेमवार पनि अवराेध भएपछि टिप्पणी गर्दै मेयर साहले याे समस्याकाे गहिरा र अलग्गै कारणहरू रहेकाे बताउनुभएकाे हाे । उहाँले भन्नुभएकाे छ ।

राज्यले पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो नि-रीह किन बन्छ ?

मेयर साहले केही कम-जाेरी भएकाे स्वीकार्दै सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयवासीले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक नभएकाे बताउनुभएकाे छ ।

तर उहाँले विगत दाेहाे-र्याएर अप-राध नगर्ने प्रतिबद्धता पनि जनाउनुभएकाे छ । यसका लागि केही समय भने लाग्ने उहाँकाे भनाइ छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेकाे मेयर साहले बताउनुभयाे ।

२०७९ श्रावण ३१, मंगलवार प्रकाशित 1 Minute 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।