२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

राधा पोखरेललाई बालेनको समर्थन, काठमाडौँ ४ मा गगन थापा सग भिड्ने !

साउन २९, काठमाडौ : सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ ।

चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र उमेदवारहरुसम्मलाई पनि चुनावको सरगर्मीले छपक्कै छोपेको छ । स्थानिय तहको निर्वाचमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि संघिय निर्वाचनमा स्वतन्त्र उमेदवार दिनेहरुको लर्को लागेको छ ।

विशेष गरि काठमडौँ लगायतका शहरी क्षेत्रहरुमा स्वतन्त्र उमेदवारहरु बढि झुम्मिएका छन् । केहि क्षेत्रहरुको निर्वाचनमा सिंगो देशकै ध्यान खिचिएको छ । यस पटकको निर्वाचन निकै पेचिलो बन्ने अनुमान गरिएको निर्वाचन क्षेत्र मध्येको एक रहेको छ काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ ।

नेपाली काग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएको काठमाडौँ क्षेत्र नम्बर ४को निर्वाचन यस पटक पेचिलो बन्ने देखिएको छ । काठमाडौ ४ बाट नेपाली काग्रेसका महामन्त्री गगन थापा गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्नेछन् भने

नेकपा एमालेले राजन भट्टराईलाईनै मैदानमा उतार्ने करिब पक्कानै छ । अरु कारणले पनि काठमाडाँै ४ को निर्वाचन रोचक बन्ने देखीएको छ । स्वतन्त्र उमेदवारहरुले पनि यहि क्षेत्रलाई टार्गेट गरेर धमाधम उमेदवारी घोषणा गरिरहेका छन् ।

काठमाडौँ ४ बाट स्वतन्त्र उमेदवारी घोषणा गरकी राधा पोखरेलले यस पटक युवाहरुको अवाज संसद भवन भित्र पु-र्याउँनका लागी आफु मैदानमा आएको बताएकी छिन् । युवाहरुले राजनितीलाई फोहरी खेल भनेर बाहिर बसेर

आलोचना गर्ने मात्रै होइन भित्रै छिरेर फोहोरी खेल हो भने सफा गर्नु पर्छ भन्ने साचेर आफु चुनावी मैदानमा आएको बताएकी छिन् । ओटिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा पोखरेलले आफु काठमाडौ क्षेत्र नम्बर ४ कै मतदाता भएका कारण सो क्षेत्रबाटै उमेदवार बन्न लागेको बताइन् ।

कुनै नेता विशेषलाई हराउँनका लागी भन्दा पनि आफ्नो क्षेत्र भएका कारण त्यहाँ बाट उठ्न खोजेको जिकिर उनले गरिन् ।
गगन थापा मात्रै नभएर प्रचण्ड ,ओली या शेरबहादुर देउवानै उठ्ने भएको भए पनि आफुले यहि निर्णय लिने पोखरेलले बताएकी छिन् । सो क्षेत्रको हरेक समस्यालाई नजिक बाट बुझेको भन्दै उनले ती समस्यालाई संसदमा पुर्याउँनका लागी आफ्नो उमेदवारी रहने बताइन् ।

आफु आधा करोड भन्दा बढि शेयर लगानीकर्ताहरुको समेत प्रतिनिधी रहेको भन्दै लगानीकर्ताहरुको आवाजलाई सशक्त रुपमा उठाउँनका लागी पनि आफ्नो उमेदवारी रहेको पोखरेलले बताइन् । त्यत्ति मात्रै होइन आधा आकाश ढाकेका महिलाहरुको आवजलाई सदनमा सशक्त रुपमा उठाउँनका लागी पनि आफु मैदानमा उत्रिएको उनले बताइन् ।

स्वतन्त्र उमेदवारहरुको क्रेज देखेर मात्रै आफु प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्न नलागेको भन्दै उनले स्थानिय तहको निर्वाचन भन्दा पहिले देखीनै संघिय निर्वाचमा मैदानमा उत्रने योजना बनाएको दाबी उनले गरेकी छिन् । अहिले पनि विभिन्न राजनितिक पार्टीबाट पनि अफर आइरहेको खुलासा उनले गरेकी छिन् ।

स्थानिय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरका बालेन शाहलाई जिताउँन जोड तोडले लाग्ने मध्येकी एक पोखेरेलले प्रतिनिधी सभाको निर्वाचनमा आफुलाई बालेनको पनि समर्थन रहने विश्वास व्यक्त गरेकी छिन् ।

युवाहरुको प्रतिनिधित्व गर्दै उमेदवारी दिन लागेको भन्दै उनले यसमा बालेनले पक्कै पनि साथ दिने विश्वास रहेको बताएकी छिन् । तपाईहरु बालेनलाई जिताउँन खुबै लाग्नु भयो के अबको निर्वाचनमा तपाईलाई बालेनले साथ दिन्छन् त ?

भन्ने ओटिभी नेपालको प्रश्नमा पोखरेलले बालेनले पनि हामी जस्ता सबै युवाहरुको समर्थन र साथले चुनाव जित्नु भएको हो अब हामी पनि त्यहि भावनाले चुनावमा आउँदा अवश्य पनि साथ दिनु हुने छ । अहिले ठ्याक्कै यहि बिषयमा कुरा भएको त छैन तर पनि भेटभाट भने निरन्तर जस्तै भइरहेको छ । पोखरेलले जवाफ दिएकी छिन् ।

२०७९ श्रावण २९, आईतवार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।