
२९ साउन, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रब्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलँई तोड्नुपर्ने बताएका हुन् ।
आउने निर्वाचनलाई नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रब्यूहमा फसेका छन् । देश यिनीहरुको चक्रब्यूहमा फसेको छ । त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई दुरुपयोग गर्नुपर्, उनले भने ।
उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् ।
भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका निर्वाचन भएको लिङ्देनले बताए । नेपाली जनाताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न पर्दैन स्वस्तिक छापको ठीक ढंगले प्रयोग गरे पुग्छ, उनले भने ।