
साउन २६, काठमाडाैँ : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङले एक पछि अर्को
कमाल गर्दै धरानबासीको मात्रै होइन सिंगो देशबासीकै मन जितिरहेका छन् । चुनावमा भोट खसाल्ने दिन सम्म पनी खासै चर्चामा नआएका उनी सबैलाई चकित बनाउँदै सानदार जित निकाल्न सफल भए पछि चर्चा चुलिएको थियो ।
आफुलाई सानो मान्छे भन्ने र कुल्ली मेयर मान्ने साम्पाङको त्यस यताको कामले भने निकै प्रशंसा चुलिएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले धरानका मेयर हर्क साम्पाङलाई यो देशकै रोल मोडल भनेका छन् ।
डा भण्डारीले मेयर साम्पाङलाई मुक्तकण्ठले प्रशंसा गर्दै यो देशको रियल लिडर कोहि छ भने हर्क साम्पाङ मात्रै रहेको भेनका छन् । आफु साम्पाङको काम गराइबाट निकै गहिरोसँग प्रभावित भएको भन्दै डा भण्डारीले आफु हर्क साम्पाङको
कार्यकर्ता बन्न पनी तयार रहेको बताएका छन् । साम्पाङलाई रियल लिडर भन्दै भण्डारीले यदि साम्पाङले यो देशको नेतृत्व गर्छु भनेर आउँने हो भने सबैले साथ दिने बताएका छन् ।
हर्क साम्पाङले नेतृत्व गरेर अगाडी आउँछु भन्नु भयो भने उहाँलाई साथ नदिने कोहि हुँदैन होला ।
मेरा लागी हर्क साम्पाङको कार्यकर्ता बन्न पनि मन्जुर छ । डा. भण्डारीले भनेका छन् । जनताले रियल लिडर भनेकै हर्क साम्पाङ भएको दाबी पनि उनले गरेका छन् ।
साम्पाङलाई भुँइमान्छे भन्दै डा भण्डारीले अहिले जनताले खोजेको नेता यस्तै हुुनु पर्ने बताएका छन् । जनताले आफ्नो नेता भनेर मान्नेनै यस्तै सोच र चिन्तन भएको मान्छेलाई हो भन्दै उनले हर्क साम्पाङ जस्ता मान्छे सय जना मात्रै भइदिने हो भने मुलुककै कायापलट हुने विश्वास व्यक्त गरेका छन् ।
डा. भण्डारीले भनेका छन् हर्क साम्पाङ जस्ता मान्छे सय जना मात्रै पनि हुने हो भने यो मुलुककै कायापलट हुन सक्छ त्यसा मान्छेको खाँचो छ । सय जना मान्छे नभए पनि हर्क साम्पाङलाई साथ दिने र नेतृत्वमा स्थापित गराउँने मान्छे मात्रै भइ भए पनि यो देश बन्नेछ ।
जनताको आवाज बोल्ने भुँइ मान्छे साम्पाङ रहेको भन्दै भण्डारीले उनले एक दिन मुलककै नेतृत्व गर्न सक्ने विश्वास आफुमा रहेको भनेका छन् । हर्कले नेतृत्व गर्छु भनेर आउँने हो भने सबैले साथ दिने भन्दै उनले आफु त कार्यकर्तानै भएर हिड्न पनि तयार भएको भण्डारीले बताएका छन् ।