२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

डा. सुन्दरमणि दिक्षित भन्नुहुन्छ – देश बचाउन गठबन्धनलाई हराउनै पर्छ ।

साउन २४, काठमाडौं : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आगामी मंसीर ४ गते निर्वाचनमा पाँच दलीय गठबन्धनलाई हराएर नेकपा एमालेलाई जिताउन अपिल गर्नुभएको छ।

गठबन्धनले जनतालाई छलकपट, ढाँटने योजनाका साथ आएकोले हराएर एमालेलाई जिताउनु पर्ने डा. दिक्षितले बताउनु भयो । काठमाडौंमा आज आयोजित सात्क्षात्कारमा बोल्दै डा. दिक्षितले देश बचाउन गठबन्धनलाई हराएर केपी ओलीलाई जिताउनु पर्छ भन्नुभयो ।

नेपाली भूमि आजको होइन । यो त पूण्य भूमि हो । ऋषिमुनीहरुको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरी अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ,’ उहाँले भन्नुभयो ।

पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ, दिक्षितले भन्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘माओवादी र बीपीको सिद्धान्त मिल्छ ? यहाँनेर प्रश्न गर्न चाहान्छु । कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरुमा लाचारीपन छ ।

एक्लै जित्न सक्दिनँ भनेर उनीहरु गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्– देउवा नजिताएसम्म म जित्दिनँ। माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन के को लागि,

यिनीहरु प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनको लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनैपनि हालतमा जिताउनु हुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन् ।

उहाँले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने बताउनु भयो । उहाँले भन्नुभयो, अब यो अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ ।

उहाँले भन्नुभयो, ओलीजीले बरु सिद्धान्त लिएका छन्, उहाँले पार्टीलाई एक ढिक्का बनाएका छन् । उहाँ एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंड्नु भएको छ । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उहाँको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन ।

दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गर्नुभयो । नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुई जिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो ।

नेताहरुले आज हामी हार्छौं भनेर गठबन्धन गर्नु परेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होइन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै प्हिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार