
साउन २४,काठमाडौ : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् ।
टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएर पठाउने गरेका छन् ।
उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै
चुनाव लड्ने अवस्था नरहेकोको बताए । गाउँ – गाउँमा एमाले अझैँ बलियो छ गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए । रेस्लिङमा जस्तै चुनावमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गर्नुभएको छ ।
कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने उहाँको भनाइ थियो । भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतबार(आज) ललितपुरमा सम्बोधन गर्दै ओलीले चुनावमा गठबन्धनलाई हराउने दाबी गर्नुभएको हो ।
रेस्लिङ खेलको उदाहरण दिँदै ओलीले अगाडि भन्नुभयो, चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।
लडाइँ जित्नको लागि तरिका र तयारी चाहिने भन्दै ओलीले आफूहरू जिततर्फ अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणीसमेत गर्नुभएको छ । डुब्न लागेकाहरू गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँको भनाइ छ ।
ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूको नसिबमै गठबन्धन लेखेको छ । डुब्नेको सिन्केका सहारा भनेको जस्तै उनीहरूलाई बाँच्नका लागि गठबन्धनरूपी त्यान्द्रोको
सहारा चाहिएको छ । डुब्न लागेकाहरू एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरू सबै डुब्छन् । गठबन्धनका दलहरूमा एक अर्काप्रति अविश्वास रहेको उल्लेख गर्नुभयो । ओलीले यो गठबन्धन पार्टीको रुपमा गइसकेको उल्लेख गर्नुभयो ।