२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

मलेसिया रोजगार – हवाई भाडा बढ्दै जाँदा माग नै कटौती हुने डर !

साउन २२, काठमाडौं : नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारको जहाज भाडा महँगो भएपछि मलेसियास्थित रोजगारदाता कम्पनीहरु चिढिन थालेका छन् ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच भएको सम्झौता अनुरूप इम्प्लोइमेन्ट पे मोडल र स्वच्छ एवम् न्यायिक प्रक्रियाबाट पारदर्शिताको आधारमा जाने कामदारका लागि रोजगारदाताहरूले जहाज टिकट कम्पनीले नेपालबाट

कामदार लैजाँदा एम्बेसी स्ट्याम्पिङ शुल्क, मेडिकल शुल्क, टिकट र नेपाली एजेन्सीको शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
मलेसियाले नेपालीसहित भियतनाम, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, बांग्लादेश, पाकिस्तान, भारतलगायतका १४ देशबाट कामदार लैजाने गरेकोे छ ।

तर कामदार लैजाने श्रोत मुलुकमध्ये नेपालबाट जाने कामदारको हवाई जहाज भाडा सबैभन्दा महँगो हुँदै गएको गुनासो बढेको छ । हाल नियमित उडान भनेपनि भाडा दर चार्टर उडान जस्तै महँगो भएपछि रोजगारदाताहरू चिढिएका हुन् ।

मलेसियाबाट नेपाल आउन एकतर्फी ६ सय ५० रिँगेट करिब १८ हजार ५ सय रुपैयाँ भएपनि नेपालबाट मलेसिया जान त्यसको करिब तीन गुणा ५६ देखि ५८ हजार रूपैयाँसम्म भाडा लाग्ने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच भएको इम्प्लोइमेन्ट पे मोडल अनुसार उक्त जहाज भाडा मलेसियाका रोजगारदाताहरूले तिर्नुपर्छ । तर व्यवहारमा नेपालबाट म्यानपावर कम्पनीले कामदार छनोट गरी पठाएपछि रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई भु-क्तानी दिने गरेका छन् ।

महँगीको पहिलो मारमा नेपाली व्यवसायी र वैदेशिक रोजगारीमा जाने कामदार परेका छन् । नेपालमा सेप्टेम्बरपछि मात्र पर्यटन आवागमनको व्यस्त ‘पीक’ सिजन शुरू हुने गरेकोे छ । त्यसअघि नै बढेको हवाई भाडाले नेपालमा आउने कामदारको कोटा घट्ने र मलेसियाको रोजगारीमा सं-कट निम्त्याउन सक्ने कतिपयको भनाइ छ ।

केही महिनाअघि मात्र सुचारु भएको मलेसियाको रोजगारीको क्रममा करिब ६ महिना अघि ३५/३६ हजार रुपैयाँको हाराहारीमा थियो । अहिले दोब्बरभन्दा बढी दरले बढ्दा पनि टिकट पाउनसमेत सहज छैन ।

नेपालबाट जाने हवाई भाडा नघटे कम्पनीको अपरेसन लागत घटाउनुपर्ने बाध्यता भएका मलेसियन रोजगारदाता कम्पनीहरू नेपालभन्दा सस्तो हवाई भाडा भएका देशहरुतर्फ आकर्षित हुन सक्ने ख’तरा पनि त्यतिकै रहेकोे भन्दै व्यवसायीहरूले अनावश्यकरूपमा एयरलाइन्सहरुद्वारा बढाइएको भाडाबारे छानविन गर्न सरकारलाई सुझाव दिएका छन् ।

२०७९ श्रावण २२, आईतवार प्रकाशित 1 Minute 75 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार