२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

अष्ट्रेलियाको हाइ कमिसनले यस्तो भन्यो भिसा रिजेक्सन हुनुको कारणहरु !

साउन २१, काठमाडौँ : अष्ट्रेलियन हाइ कमिसनका पदाधिकारी र नेपालका शैक्षिक परामर्श व्यवसायीबिच छलफल भएको छ।

उनीहरूबिच शुक्रवार ठमेलस्थित एक होटेलमा छलफल भएको हो। छलफलको क्रममा अष्ट्रेलियाको भिसा रिजेक्सनको कारण र समाधानका उपायबारे विस्तृत छलफल भएको छ।

भिसा रिजेक्ट किन र समाधान के ?

छलफलमा किन भिसा रिजेक्सन भइरहेको छ र भिसा रिजेक्सन नहुन के गर्नुपर्छ लगायतका विविध उपायबारे निष्कर्ष निकालिएको छ, जुन निम्न प्रकार छन् ।

१. बैङ्क स्टेटमेन्ट नमिल्दा भिसा रिजे-क्सन हुने गरेको छ।
२. कम्तीमा ६ महिनाको बैङ्क स्टेटमेन्ट देखाउनुपर्छ। तर, त्यो भएको हुँदैछ। भिसा आएपछि खातामा भएको पैसा निकाल्ने गरिएको छ।

३. भिसा आउने वित्तिकै खाताबाट पैसा निकाल्दा भिसा रद्द भइरहेको छ।
४. गलत वा अपूर्ण कागजातहरू राख्ने गरिएको छ। जसका कारण भिसा रिजे-क्सन हुने गरेको छ।

५. गलत, भ्रामक शैक्षिक, वित्तीय र अंग्रेजी कागजातहरू पेस गर्दा भिसा रिजे-क्सन हुने गरेको छ।
६. ऋ’ण र जग्गा बिक्रीका कागजातलाई थप पुष्टि हुने कागजात नहुँदा समस्या भइरहेको छ। यसका लागि आवश्यक कागजात तयार गर्नतर्फ ध्यान दिनुपर्छ।

७. कम-जोर शैक्षिक कागजात र अंग्रेजी भाषा कमजोर हुनु। पहिले अन्तर्वार्ता सन्तोषजनक रहे पनि अहिले कमजोर छ। अन्तर्वार्ता दिँदा विद्यार्थीहरुले एसओपी हेर्ने गरेको पाइएको छ।

डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी)मा भिसाका लागि आवेदन दिएर बिचमै त्यो छोडेर उच्च शिक्षाका लागि आवेदन दिने गरिएको छ।

यो राम्रो होइन, यसले स्पष्ट भविष्यको योजना छैन भन्ने बुझाउँछ । त्यस कारण भिसा अस्वीकृत हुने सम्भावना रहन्छ ।अष्ट्रेलियन हाइ कमिसनले अब भिसा प्रोसेस समय पनि घट्ने जनाएको छ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।