२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

पल साहले ७ सय ग्राम चामल र ६० रुपैयाँले दैनिकी चलाइदै !

साउन १९, काठमाडौँ : नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिनादेखि तनहुँ कारागारमा छन् ।

एक नाबालिका गायिकाले ब’ला’त्कारको आ-रोप लगाउँदै जिल्ला अदालत तनहुँमा मु-द्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्म-सर्मपण गरेका थिए । यसपछि, अदालतको आदेशमा पल कारागारमा छन् ।

नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ । यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन् । पल १३९ कैदीसँगै का’रागारमा छन् ।

तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन् । उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन् । पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन् ।

नायक पल शाहको मु’द्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन । तर, पलले भने चाडै नै मु’द्दाको किनारा लागे हुन्थ्यो भने चाहना राख्ने गरेका छन् ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।