
साउन १८, काठमाडौ : हङकङको क्याथे प्यासिफिक एयरलाइन्सले यहि अक्टोबर पहिलो सातादेखि हङकङ–काठमाडौँ–हङकङ उडान पुनः सुरु गर्ने घोषणा गरेपछि
यहाँका नेपाली निकै हौसिएका छन्। हङकङमा नेपालीले सञ्चालन गरेका ट्राभल एजेन्सीहरूले आ–आफ्ना सामाजिक सञ्जाल पेजबाट टिकट बुकिङको लागि सूचना दिएपछि त्यसमा खुसी व्यक्त गर्नेहरुको लर्को लागेको छ।
क्याथेले १ अक्टोबरदेखि नोभेम्बरसम्म हरेक शनिबार उडान भर्ने जनाएको छ भने डिसेम्बरदेखि साताको दुईवटा (शुक्रबार र शनिबार) हङकङ–काठमाडौँ रुटमा जहाज उडाउने सूचना बाहिर ल्याएको छ।
यो सूचना सबभन्दा पहिला फिस्टेल टूर्स एण्ड ट्राभल्स हङकङले २० जुलाईमा आफ्नो फेसबुक पेजबाट बाहिर ल्याएको थियो। फिस्टेलको फेसबुक पेजमा हङकङका श्याम गुरुङले लेखेका छन्, अब बल्ल नेपाल वायुसेवा निगमको शो-षणबाट हामी मुक्त भैएला।
त्यसैको मुनी खुमराज गुरुङले थपेका छन्, नेपाल एयरलाइन्सले लुट्नसम्म लुटेको छ। अहिले नेपाल एयरलाइन्सले काठमाडौँ–हङकङ साताको एउटा उडान भर्ने गरेको छ।
हङकङ बसोबास गर्ने करिब ४० हजार नेपालीलाई लक्षित गरि काठमाडौँ–हङकङ–काठमाडौँ उडान भर्ने निगमको जहाजमा यात्रुहरूको चापले टिकटको मूल्य निकै बढाइएको छ।
निगमका प्रवक्ता अर्चना खडका भन्छिन्, हङकङका लागि सातामा एउटा मात्र उडान भएकोले त्यहाँ माग ज्यादा छ, त्यसैले टिकट महँगो गराइएको हो।
को-भिड महामा’रीका कारण रोकिएको क्याथेको पुनः आगमनको घोषणासँगै नेपाल एयरलाइन्सले पनि टिकटको मूल्य घटाउन बाध्य हुने हुँदा हङकङका धेरै नेपाली खुसी भएका हुन्।
हिमालयन ट्राभल्स हङकङले क्याथेले हङकङ–काठमाडौँ दुईतर्फी टिकटको हङकङ डलर ६ हजार भन्दा कममा दिइरहेकोले टिकट बुकिङ गर्न सूचना गरेर बेलुकी पौने पाँच बजे स्टाटस अपलोड गर्दा धेरैले कमेन्ट गरि खुसी व्यक्त गरेका छन्।
नेपाल एयरलाइन्सले अहिले दुईतर्फी भाडाको ९ हजार ५ सय डलर लिने गरेको छ। साढे ३ हजार डलरको फरक पर्ने भएपछि धेरै मानिस खुसी भएका हुन्। यसले नेपाल एयरलाइन्स बल्ल दबाबमा परेको छ।
फिस्टेल ट्राभल एण्ड टुर्सका कृष्ण पाण्डे भन्छन्, मंगलबार बिहानै मैले कुरा गरेको थिएँ, नेपाल एयरलाइन्सले पनि अब भाउ घटाउने सोच बनाएको रहेछ।
ट्राभल ऐजेन्सीका पेजहरुमा धेरैले नेपाल एयरलाइन्सलाई गाली गर्नुको कारण निगमको चर्को भाडा मात्र नभई उसका कर्मचारीले विमानस्थल काउन्टरमा दिने सास्ती पनि हो।
हङकङ–काठमाडौँ यात्रा गर्दा नेपाल एयरलाइन्सका कर्मचारीहरूद्वारा गरिने दुव्र्य’वहारले वाक्क दिक्क नेपालीले क्याथेको उडानलाई निकै स्वागत गरेका हुन्।
हिमालयन ट्राभल्सको पेजमै नेपाल एयरलाइन्सबाट आजित रोम गुरुङ घोतानेले क्याथेको टिकट बुक गरेका छन्, मलाई ३ सीट कन्फर्म है सर, पैसो मिलाउँदै गरौंला।नेपाल खबर