
साउन १६, धरान : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका हर्क साम्पाङलाई शहरी विकास मन्त्री
मेटमणी चौधरीले धराननै पुगेर भेट गरेका छन् । आफु मेयर हर्क साम्पाङको काम बाट धेरैनै प्रभावित भएको भन्दै मन्त्री चौधरीले राम्रो काम गर्ने मान्छेलाई उडाउँनेहरु भए पनि
सपना देखेर लागे पछि अवश्य सफल भइनेछ भनेका छन् । आफुले पनि मेयर साम्पाङका गतिविधीहरुलाई नजिकबाट हेर्ने गरेको र धैरैनै प्रभावित भएको उनले भनेका छन् ।
मन्त्री चौधरीले मेयर साम्पाङको खुलेर प्रशंसा गरेका छन् । चुनावमा भोट माग्दा पनि कोही मान्छे नदेखिने तर चुनाव जित्ने त्यस्तो अद्भुत मान्छे उहाँ हुनुहुन्छ भन्दै चौधरीले प्रशंसा गर्दा उपस्थित सबै गलल हाँसेका थिए ।
चौधरीले साम्पाङको खुबै तारिफ गर्दै काठमाडौँ भ्रमणको निम्तो पनि दिएका छन् । मन्त्री चौधरीले साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । धरान उपहानगरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले मेयर साम्पाङको
तारिफ गर्दै भने, उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसको कारण म उहाँको इमानदारी र प्रतिबद्धता पाउँछु ।
मान्छेहरू राम्रो गर्छुभन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मेयरसापले जुन अठोट लिनुभएको छ, त्यो अवश्य पूरा हुनेछ । चौधरीले अगाडी भनेका छन् ।
अधिकांश समय मेयर साम्पाङको तारिफमा खर्चिएका मन्त्री चौधरीले उनबाट नेपाली समाजले मात्र नभई अन्य समाजले पनि सिक्नुपर्ने चर्चा गरे । ‘मेयरसापले सुरु गर्नुभएका सबै योजनामा मेरो पूरै सहयोग रहनेछ ।
खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन म उहाँलाई निम्तो गर्छु । मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, म कहिले आउँ त मन्त्रीज्यू जवाफमा मन्त्री चौधरीले छिट्टै आउन आग्रह गरे । उनले धरानमा रहेको खानेपानी र बसपार्कको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।