२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नक्कली बिहे गरेर अस्ट्रेलिया लैजाने भनै यि महिलाले २ करोड ५० लाख झ्वाम !

साउन १३, काठमाडौं : विवाह, बीमा अनि हत्या । यो कुनै फिल्मको कहानीभन्दा कम छैन । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न

शिकार बनाइएको रहस्य खोलेको छ । बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक विपन्न परिवारका थिए । उनलाई डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गि’रोहले नक्क’ली विवाह गराइदियो ।

कागजी विवाहपश्चात् नक्क’ली पत्नी बनिन् सपना मल्ल ।
उनैलाई इच्छाइएको व्यक्ति राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराए ।साँढे २ करोड रुपैयाँको बीमा थियो त्यो । उनको आम्दानी २ लाख रुपैयाँ प्रतिमहिना देखाइएको थियो ।

विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्र सर्जन र सपनाको भेट भएको थियो । यसमा संगठित समूह नै लागे । बीमा गराए ।

बीमा गरेको ३७ दिनमा मोटरसाइकल दुर्घटनामा सर्जनको मृत्यु भयो । त्यसपछि इच्छाइएको व्यक्ति सपना मल्लले प्रहरी रिपोर्ट, मृ-त्यु दर्ता, दु-र्घ’टनाको प्रमाण, विवाह दर्ता प्रमाणपत्र आदि पेश गरी बीमा दाबी गरिन् ।

कानूनी प्रमाण र दाबीका आधारमा इन्सुरेन्सले रकम भुक्तानी गर्यो । तर, बिमा गर्नेको ३७ दिनमै मृ-त्यु हुनुले बिमा कम्पनी सशंकित भयो । साँढे २ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्था थिया ।

सपना पतिको मृ-त्युले वियोगमा रहेको जस्तो देखिन्नथिइन् । बीमा कम्पनीले आशंका गर्यो । अर्कोतर्फ, मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सर्जनको लाइसेन्स नै थिएन ।

सर्जनलाई २ वैशाख २०७८ मा कोहलपुरमा मिनिबसले ठक्कर दिएको थियो । मिनीबस टोपबहादुर राना क्षेत्रीले चलाएका थिए । सवारी ज्यान मु-द्दामा क्षेत्री २ महिना कै-द स’जायपछि छुटे ।

तर, बिमा कम्पनीको चासोका कारण सपना मल्ल निग-रानीमा परिन् । मिनीबस चालक पनि निग-रानीमा परे । सीआइबीले घट-नाको रह-स्य खोतलिरहेको थियो । सपना मल्लको नि’कटताबारे अनु-सन्धान थाल्यो ।

सञ्जीव अर्यालसँग उनको कुराकानी भएको पत्ता लाग्यो । अर्यालको चालक टोपबहादुर रानासँग कुराकानी भएको खुल्यो । त्यसपछि संगठित गिरोहबारे धेरै तथ्य उजागर भयो ।

संगठित समूहले बीमा रकम पाउन युवकलाई नक्क-ली विवाह गराई ह-त्या सम्मको घ-टना घटाएको रहस्य खुल्यो । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल । उनैले सपना मल्लको नक्क-ली विवाह सर्जन विकसँग गराएका थिए ।

मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दु-र्घट’ना गराई हत्या गराएका थिए । घ-टनामा सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटा पनि मतियार रहेको प्रहरीको आ’रोप छ । उनीहरुको संगठित योजनाको रहस्य सीआइबीले खोल्न सक्यो ।

रकम बाँडफाँड

सञ्जीव अर्यालले योजनाव’द्ध तरिकाले विवाह गराउने देखि बीमा गराउने सम्मको गतिविधि गरेका थिए । ह-त्यापछि बीमा-वापत् आएको रकम आरो-पीहरुले बाँडफाँड गरेको

सीआइबीले जनाएको छ । सबैभन्दा बढी रकम मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार, दीपक केसीले ६० लाख, सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको खुलेको छ ।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 1 Minute 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।