२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयर साह भन्नुहुन्छ – आलो’चनाले केही फरक पर्दैन, मलाई क्रान्ति-कारी बन्नु छैन ।

साउन १२,काठमाडौ : काठमाडौँ महानगरपालिकाले बनाएको बजेटका बिषयमा व्यापक आलो-चना भए पछि मेयर बालेन शाहले आलो’चना गर्नेहरुलाई जवाफ फर्काएका छन् ।

आफुलाई क्रान्ती-कारी बन्नु छैन भन्दै बालेनले आलो’चनाले केहि फरक नपर्ने बताएका छन् । र्यापर यमबुद्धको सालिक बनाउँन एक करोड देखी काग्रेस र एमालेका नेताको नामका फाउण्डेसनलाई चार करोड अनी इ स्पोर्टसका लागी एक

करोड विनियोजन गरे पछि बालेनको आलोचना भएको थियो । उनले अहिले आलो-चनाले आफुलाई केहि फरक नपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाको सर्वसम्मत पारित बजेट आफ्नो सामाजिक संजालमा सेयर गर्दै बालेनले क्रान्ति-कारी देखिने गल्ती आफुले नगर्ने बताएका छन् ।

आलो-चना भयोकी तुरुन्त रियाक्ट गरिहाल्ने उनले अहिले भने परिपक्कता देखाउँन थालेका छन् । काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक भएको र आफूहरुले सर्वसम्मतले पारित गरेको उल्लेख गर्दै उनले बजेट पारित गराउन या कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत शाहले आफूहरुले बजेट निर्माणताका महानगरको प्राथमिकता तय गरेको उल्लेख गर्दै तत्काल परिवर्तन गर्ने आवेशमा र क्रान्ति-कारी देखिनु सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिडेर पुग्न खोज्ने गल्ती नगरेको बताएका छन्।

पुराना किसिमका बजेटका शिर्षकहरुुलाई यसपाली पनि निरन्तरता दिएका छौँ । र, भविष्यका लागि सकारात्मक आधार बन्ने केहि नयाँ शिर्षकमा बजेट थपेका छौँु उनले भनेका छन्। महानगरवासीका र महानगर स्वयंका पनि सिमा र बाध्यताहरु रहेको र ति सबैबाट छुट्टै र महान उद्देष्य र प्राथमिकता रहेको उनको भनाइ छ।

अहिले फोहोर व्यवस्थापनलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भनेका छन्, ुशिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ। यस्ता धेरै कुराहरु छन्, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन्। ति सबै कुराहरुको स्वागत गर्दछौँ।ु उनले महानगरबासीलाई बजेट पढ्न आग्रह गरेका छन्।

बालेनले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ ‘काठमाण्डौँ महानगरको बजेट सार्वजनिक भएको छ । हामीले बजेट सर्वसम्मतले पारित गरेका हौँ । बजेट पारित गराउँन होस् या कार्यान्वयन गराउँन होस्, सहकार्यको विकल्प छैन ।

यसैले हामीले बजेट निर्माणताका हेक्का राखेका केहि कुराहरु छन् । जस्तै स् हामीले महानगरको प्राथमिकता तय गरेका छौँ । तत्काल परिवर्तन गर्ने आवेशमा र क्रान्ति-कारी देखिनु सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिडेर पुग्न खोज्ने गल्ति गरेका छैनौँ । पुराना किसिमका बजेटका शिर्षकहरुुलाई यसपाली पनि निरन्तरता दिएका छौँ । र, भविष्यका लागि सकारात्मक आधार बन्ने केहि नयाँ शिर्षकमा बजेट थपेका छौँ ।

हाम्रा, महानगरवासीका र महानगर स्वयमका पनि सिमा र बाध्यताहरु हुन्छन् । तर ति सबैबाट छुट्टै र महान हाम्रा उद्देष्य र प्राथमिकता हुन्छन् । अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।

शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ । यस्ता धेरै कुराहरु छन्, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन् ।

ति सबै कुराहरुको स्वागत गर्दछौँ । तपाईले अहिलेसम्म महानगरको बजेट पढ्नु भएको छैन भने महानगरको वेबसाइटमा गएर पढ्न सक्नु हुनेछ । सजिलोको लागि यहाँ लिंक र क्युआर पनि राखेका छौँ ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।