२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवालाई चुनाव हराउँनै पर्छ भन्दै सागर ढकालको समर्थनमा उत्रिए डा. भण्डारी !

साउन १२, काठमाडौ : नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्छु भनेर मैदानमा उत्रिएका युवा

इन्जिनियर सागर ढकाललाई चौतर्फी रुपमा साथ र समर्थन मिल्न थालेको छ । देउवा हजुरबुवालाई यस पटक सम्मानका साथ चुनाव हराएर आराम गर्न दिने र देउवालाई बृद्धभत्ता खुवाउँने भन्ने मिसनमा लागेका युवा सागर ढकाललाई

बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले खुलेर साथ दिएका छन् ।
यस पटक देउवालाई चुनाव हराउँनै पर्ने भन्दै बरिष्ठ अधिवक्ता भण्डारीले युवा इन्जिनियर सागर ढकालले देउवासँग चुनाव लड्छु भनेर जुन आँट गरेका छन् त्यसलाई मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

अहिले सम्म आफुले सागरलाई नभेटेको तर उनका कुरा सुनेर आफु प्रभावित भएको डा भण्डारीले भनेका छन् । रात्री बसमा चढेर डढेलधुरा तिर लागेका सागरको तस्बिर देखेर आफ्नो मन छोएको पनी डा भण्डारीले भनेका छन् ।

अक्सफोर्डमा पढेर आएको यस्तै एकेडेमिक र उर्जावान युवाहरुको खाँचो नेपाललाई भएको भन्दै डा भण्डारीले उनलाई पुर्ण रुपमा समर्थन रहने बताएका छन् ।

देउवालाई चुनाव हराएमा सागर ढकालले एउटा इतिहाँस लेख्ने भन्दै डा भण्डारीले उनलाई चुनाव जिताउँन आफुले पनि सक्दो सहयोग गर्ने र डढेलधुराका मतदाताहरुलाई पनि भोट दिएर सागरलाई जिताउँन अनुरोध गरेका छन् ।

अहिलेको बिकृत र विसंगत राजनितीालाई हटाउँनका लागी युवाहरु एक जुट हुनै पर्ने भन्दै डा भण्डारीले अब जनतालाई जनता मात्रै नभएर नागरिक बन्न पनि अनुरोध गरेका छन् । नेपालमा विवेक प्रयोग गर्ने नागरिकनै नभएका कारण पनी देशको यस्तो अवस्था आएको डा भण्डारीले भनेका छन् ।

जनता हुनु र नागरिक हुन फरक कुरा भएको भन्दै डा भण्डारीले जनता भनेको भिड मात्रै भएको र नागरिक भनेको विवेक पनि भएको प्राणी हो भनेका छन् । नागरिक बन्ने हो भने त्यहाँ परिवर्तन अवस्थ हुने भन्दै डा भण्डारीले यसो सोच्दा कहिलेकाँही आफुलाई दिक्क लाग्ने गरेको पनि बताएका छन् ।

यो देशको नेता ख’राब भनेर धेरै गाली गरियो तर मलार्ई त कतै जनतानै पो ख’राब होकी जस्तो लागेको छ होइन भने यत्ति धेरै अचाक्ल्ली हुँदा पनि किन सडकमा आउँदैनन् जनता ? हामी मात्रै विरोध गरिरहेका छौँ कतै यो हाम्रो पाग’लपन त होइन ? जस्तो लाग्छ मलाई कहिलेकाँही । डा भण्डारीले भनेका छन् ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।