२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

इजरायल रोजगार – आज ८० नेपाली इजरायल पुगे ।

साउन ९, काठमाडौँ : ईजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरुलाई ईजरायल ल्याउने प्रक्रिया पुन: सुचारु भएको छ ।

ईजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि ईजरायल जान नपाएर नेपालमै रोकिएकाहरु क्रमश रोजगारमा जान थालेका हुन् ।

सबै प्रक्रिया पुरा भई इजरायल रोजगार जानबाट रोकिएकाहरुलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात ईजरायल ल्याउन शुरु गरिएको तेलवीव स्थित नेपाली दुतावासले जनाएको छ ।

दुतावासले दिएको जानकारी अनुसार आज ८० जना नेपालीहरु ईजरायल पुगेका छन् । इजरायल पुगेका नेपालीहरुलाई दूतावासबाट राजदूत कान्ता रिजाल, उपनियोग प्रमुख

अर्जुन घिमिरे, ईजरायल – नेपाल मैत्री संस्थाका प्रमुख नादभ बेन एहुदा लगायतको टोलीले ईजरायलको बेन गुरिओन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।