२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अब देखि गैरआवासीय नेपालीले पनि नागरिकता पाउने !

साउन ८, काठमाडौं : नेपालको प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक २०७९ पारित भएको छ । पारित विधेयकले विदेशी नागरिकता लिएका गैरआवासीय

नेपालीलाई पनि नेपाली नागरिकता दिने प्रावधान राखेको छ । यो नागरिकतालिएकाले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन् । तर उनीहरूलाई राजनीतिक र प्रशासनिकअधिकार भने प्राप्त हुनेछैन ।

सार्क राष्ट्रमा बसोबास गर्ने नेपालीले भने यो नागरिकता पाउनेछैनन् । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशीमुलुकको नागरिकता लिएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था गरेको छ ।

कानुन नबन्दा गैरआवसियनेपालीले यो अधिकार प्रयोग गर्न पाएका थिएन । अब तल्लो सदनबाट पारित विधेयक माथिल्लो सभा अर्थात राष्ट्रिय सभाबाट पनिपारित भएपछि

राष्ट्रपतिबाट प्रमाणिक भएर कानुनका रुपमा लागु हुनेछ । नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहनेले यी शर्तहरु पुरा गर्नुपर्ने छ ।

१. निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण
२. सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण

३. विदेशी मुलुकको नागरिकता भएको प्रमाण
५. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण

६. नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।