२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

मेयर साम्पङ एक्सनमा, काम नगरेको आ’रोपमा ९ कर्मचारी खानेपानी बोर्डबाट हटाइए !

साउन ८,काठमाडौ : धरान उपमहागरपालिकाका मेयर तथा धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्क साम्पाङले बोर्डका ९ जना कर्मचारीलाई सेवाबाट हटाएका छन् ।

हटाइएका ९ जनामध्ये ६ जनाको काम सन्तोषजनक नभएको कारण देखाएर हटाइएको हो भने अन्य ३ जनालाई उमेर हदका कारणले हटाइएको हो । आर्थिक वर्ष २०७८-७९ को लागि धरान खानेपानी व्यवस्थापन बोर्डसँग २०७९ साल

असार मसान्तसम्म करार सम्झौता गरेको थियो । बोर्डका ९ जना कर्मचारीहरु चालु आर्थिक वर्षमा करार सम्झौता थप नगरिएपछि हटेका हुन् । सन्तोषजनक कार्य नभएकाले परमपद भट्टराई, राजीव श्रेष्ठ, बलिन्द्रबहादुर विक, अनिस कटुवाल,

राम तामाङ र हेमन्त भुजेललाई हटाइएको हो । शारदाकुमारी राई, भुवनसिंह कार्की र टेकबहादुर तामाङ भने उमेर हदका कारण हटेका हुन् ।

हटाएकाहरु सहायकस्तर चौथो तहका करारका कर्मचारीहरु हुन् । हटाइएकाहरुमध्ये ६ जना निवर्तमान मेयर तिलक राईले राजनीतिक नि-युक्ति दिएकाहरु हुन् । उनीहरुले राजनीतिक आवरणमा सन्तोषजनक काम नगर्ने गरेको पाइएको थियो ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार