२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

श्रममन्त्री कुँवर भन्नुहुन्छ – वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्छु ।

साउन ८, काठमाडौ : श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मु-त्यु भएका नेपाली श्रमिकको श-व

नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताउदै आफूले ती
झन्झटको समाधान गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
विदेशमा अल-पत्र परेका नेपालीको उद्धा’रका लागि सरकारले

पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनु भयो।

धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई निय’न्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उहाँको भनाइ छ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।