२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

बधाई ! राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानाे नानी’ मेसिनले अमेरिकामा जित्यो “पिपुल्स च्वाइस अवार्ड”

साउन ७,काठमाण्डाै : महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा

‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय

आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिनुभएको छ ।

बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताउनुभएको छ । पुनले आउँदाे दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 486 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।