२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर साम्पाङको एउटै डाइलगले तहल्का पिट्य, चौतर्फी प्रशंसा !

साउन ७, काठमाडौ : आफ्नै सुर आफ्नै तालमा जनताको सेवामा अहोरात्र खटिरहेका धरान उपमहानगरपालिकाका मेयक हर्क साम्पाङको प्रशंसा फेरी चुलिएको छ । उनले दिएको एउटै डाइलगले अहिले तहल्का पिट्न थालेको छ ।

फेसबुकमा धेरै स्टाटस लेखेको, मेयर भएर पनि कुटो कोदालो बाकेर गिटी कुट्न हिँडेको जस्ता आरोप लगाएर आलोचना गर्नेलाई उनले पुग्ने गरि एउटै शब्दले जवाफ फर्र्काएका छन् । सामाजिक संजालमा निकै सक्रिय उनले धेरै स्टाटस लेख्यो भन्नेलाई अब देखी बोल्ने ठाउँनै बन्द हुने गरि डाइलग दिएका छन् ।

मैलै स्टाटस लेखेको मन नपर्नेले मलाई अनफलो गरे हुन्छ भन्दै सिधा रुखो जवाफ साम्पाङले दिएका छन् । स्टाटस धेरै लेख्यो भनेर आलोचना गर्ने अनी मलाई नै फलो गरेर मेरो स्टाटस किन हेर्नु पर्यो ? भनेर पनि साम्पाङले विरोधीलाई कडा कटाक्ष गरेका छन् । त्यत्ति मात्रै होइन मेयर भएर पनि गिट्टी कुट्ने भन्नेलाई त उनले झनै ठूलो डाइलग पेलेका छन् ।

मेयर भएर पनि कहिले गिट्टी कुट्ने कहिले ढुंगा बोक्ने कस्तो कुल्ली जस्तो मेयर भनेर आलोचना गर्नेहरुलाई मुख बन्द हुने गरी साम्पाङले जवाफ दिएका छन्। हो म किसान ,मजुदुर नै हो म कुल्ली मेयरनै हो भनेर उनले जवाफ दिएका छन् । जनता भन्दा फरक हुन मन छैन भन्दै साम्पाङले आफुलाई कुल्ली मेयर भनेका छन् ।

आफु साधारण जीवनशैलीमा बस्न चाहने भन्दै साम्पाङले मेयर हुन भन्दा पहिलेको जीवनशैलीमा मेयर भए पछि पनि कुनै फरक नभएको र अब फेरी पनि नहुने बताएका छन् । हिजो पनि जनतासँगै जनता जस्तै भएर बसेको र अहिले पनि जनताभन्दा फरक हुन मन नलागेको उनले भनेका छन् ।

आफुलाई मेयर साब भन्दै कुनै ठूलो मान्छे पल्टन मन नभएको भन्दै साम्पाङले आलोचकहरुले जतीनै आचोचना गरे पनि केही फरक नपर्ने बताएका छन् । आफुलाई सानो मान्छे भन्दै उनले ठूलो मान्छे पल्टीएर जनता भन्दा टाढा हुनु भन्दा सानो मान्छे भएर जनताको वरिपरी बस्नुमै आफुलाई आनन्द भएको बताए ।

आफुलाई माटो प्रति माया भएको भन्दै ढुगा बोक्ने , डिटि कुट्ने , पाइप बोक्ने काम जनतासँगै मिलेर गर्दा आनन्द आउँने उनले बताएका छन् । जसले माटो छुँदैन उसलाई माटोको माया पनि नहुने पनि उनले दाबी गरेका छन् । माटो नछुनेहरुले नेता भन्दै हिड्न पनि नहुने उनले बताए ।

आफुले केपी ओली , प्रचण्ड र राजेन्द्र लिंदनेलाई पनि धरान बोलाएको भन्दै साम्पाङले उनीहरु पनि आए भने माटो छोएर पठाउँने बताए । माटो भनेको देशको माया भएको भन्दै उनले जसले माटो छोएको हुन्छ उसलाई माटोको माया हुने बताए ।

आलोचकहरुको आलोचनाले आफुलाई केहि फरक नपर्ने भन्दै उनले आफु जस्तो थिएँ त्यस्तै छु र त्यस्तै हुने छु भनेका छन् । कतिपयतले तपाईनै होर मेयर भनेर प्रश्न गर्ने गरेको पनि उनले सुनाएका छन् । मेयर भन्ने वित्तिकै ठूलो गाडी चढ्ने , ठूला कुरा गर्ने मान्छे भन्ने बुझाई छ म त्यसो गर्न मन पराउँदिन जे छु यसैमा ठिक छु उनले भनेका छन् ।

तपाईनै होर मेयर भन्नेलाई होइन मेरो भाइ हो भन्ने गरेको भन्दै साम्पाङले हाँसिमजाक पनि गरेका छन् । आफ्नो लागी जनतानै सर्वोपरि भएको भन्दै उनले कार्यालय समयमा कार्यालयमै बसेर जनताको सेवा गर्ने गरेको र विदाको दिनमा जनतासँगै श्रमदानमा सहभागी हुने गरेको साम्पाङले बताएका छन् ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 0 Minutes 339 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।