२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

नेपाल एयरलाइन्सले तिर्यो सञ्चय र नागरिक लगानी कोषको एक अर्ब ३५ करोड किस्ता !

साउन ६, काठमाडौ : नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋ-ण दायित्वको किस्ता बापतको एक अर्ब ३५ करोड रुपैयाँ बुझाएको छ।

कोरोना माहामारीका कारण २०७६ सालपछि निगमले कोषलाई कुनै पनि किस्ता बुझाउन सकेको थिएन्। तीन वर्षपछि निगमले उक्त किस्ता वाप-तको रकम बुझाएको हो।

निगमकाअनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वाप-तको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता रकम बुझाएको हो।

त्यसैगरी, नागरिक लगानी कोषलाई वाइडबडी जहाज खरिद गर्दाको ऋ-ण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ बुझाएको छ। यससँगै निगमले हालसम्म न्यारोबडीको १८ किस्ता र वाइडबडीको तेस्रो किस्ता बापतको रकम बुझाएको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।

महामा|रीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगमको आम्दानी शून्य भएको थियो। त्यतिबेला किस्ता बापतको रकम बुझाउन सकेको थिएन, उनले भनिन्।

पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै

आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएका कारण उक्त किस्ता तिर्न सहज भएको उनको भनाइ छ। उनकाअनुसार निगमको आम्दानी यही अनुपातमा बढ्दै गएमा समयमै कोषलाई किस्ता बापतको रकम बुझाउन सकिन्छ।

निगमले दुइटा एयर बस ३२० खरिदका लागि कर्मचारी सञ्चय कोषसँग १० अर्ब, दुई वाइडबडी ए ३३० खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट साढे १२ अर्बका दरले २५ अर्ब ऋ-ण लिएको थियो।

महालेखा परीक्षकको प्रतिवेदनले २०७७ असारसम्ममा निगमले कर्मचारी सञ्चय कोषलाई २३ अर्ब ६४ करोड रुपैयाँ ऋ-ण तिर्नुपर्ने देखिएको उल्लेख गरेको छ।

२२ अर्ब रुपैयाँ ऋ-ण लिएको निगमले कोरोनाकालमा ऋण नतिरेसँगै कोषले एक अर्ब ६६ करोड ब्याज र हर्जना रकम समेत साँवामा जोडेको थियो। यसले निगमलाई थप भार परेको र ऋ-ण भुक्तानीमा निरन्तरता दिन महालेखा परीक्षकले

प्रतिवेदनमा औल्याएको थियो। त्यस्तै, निगमले नागरिक लगानी कोषबाट समेत १२ अर्ब रुपैयाँ ऋ-ण लिएको थियो। तर नागरिक लगानी कोषलाई समेत किस्ता भुक्तानी नगर्दा यो ऋ-ण बढेर २०७७ असारसम्ममा १३ अर्ब ८१ करोड पुगेको थियो।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।