२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बधाई ! प्रचण्डकी नातिनीले उतकृष्ट अंक ल्याउँदै गरिन लन्डनको विश्व-विद्यालयबाट मास्टर्स पास !

साउन ५, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन्।उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्।

त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन्। नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रित थिइन्।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन्। डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले उल्लेख गरेकी छन्।

स्मिता दाहालकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी हुन्। उनी बाल्यकालबाटै संगीतमा सक्रिय छिन्। ११ वर्षको उमेरमा स्मिताले राष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन्। स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।