
असार ३२, काठमाडौँ : रोजगारीको लागि विदेश जाने नेपालीको संख्या वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख २८ हजार
५०३ जनाले विदेश जान श्रम स्वीकृति लिएका छन्। तीमध्ये ८१ हजार ९७५ महिला छन्। यो संख्या पुन : श्रम स्वीकृति लिनेहरुसहितको हो।
यो ५ वर्षयताकै ठूलो संख्या हो। यसअघि आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका थिए।
वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण !
देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको हिजाेको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो ।
मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।
विदेशमा श्रमिकको मृ-त्यु हुँदा श-व ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई
ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले
जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले देशमा देखिन सक्ने आर्थिक स’ङ्क-टको समाधानका लागि सरकार, विपक्षी र सम्वद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।