२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

राहदानी विभाग भन्छ – राहदानीको बहाल म्याद एक वर्षभन्दा बढी भएमा नयाँ राहदानीको लागि आवेदन नदिनु !

असार ३०, काठमाण्डौ : विभिन्न एजेन्सीहरूले राहदानीको बहाल म्याद एक वर्ष हुँदा हुँदै पनि भिसाको प्रक्रिया अघि बढाउन नमानेपछि वैदेशिक रोजगारीमा जान खोज्नेलाई समस्या भएको छ ।

पछिल्लो समय विभिन्न एजेन्सीहरूले २ वा ३ वर्षभन्दा बढी बहाल म्याद भएको राहदानी उप’लब्ध गराए मात्र विदेश जाने भिसाको प्रक्रिया गरिदिने नत्र नगरिदिने भनेको भन्दै सेवा’ग्राहीहरू राहदानी बनाउन राहदानी विभाग पुग्ने गरेका छन् ।

तर विभागले एक वर्षभन्दा बढी म्याद हुँदासम्म नयाँ राहदानी जारी गर्ने व्यवस्था नभएको स्पष्ट पारेको छ । राहदानीको बहाल म्याद एक वर्षभन्दा बढी हुँदासम्म नयाँ राह’दानी बनाउनको लागि आवेदन नदिन विभागले अनुरोधसमेत गरेको छ ।

ऐन अनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवी’करण हुँदैन । त्यसैले विभागले एक वर्षभन्दा बढी राहदानीको म्याद भएमा नयाँ राहदानीको

लागि आवेदन नलिन सबै जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नियोगहरूलाई समेत सूचित गरेको छ । एमआरपीको म्याद एक वर्षभन्दा कम भएमा मात्र विद्युतीय राहदानीको लागि आवेदन दिन सकिन्छ ।

राहदानीको म्याद ६ महिना भन्दा बढी हुँदा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ । त्यस कारण आफूलाई राहदानी आवश्यक नहुँदासम्म नवीकरण गर्न नपर्ने पनि विभागले उल्लेख गरेको छ ।

बहाल म्याद सकिने बित्तिकै नवीक’रण नगरेमा कुनै जरि’वाना नलाग्ने भएकाले आफूलाई आवश्यक परेको बेलामा मात्र राहदानी नवीकरण गर्न राहदानी विभागले सबैलाई अनुरोध गरेको छ ।

२०७९ असार ३०, बिहीबार प्रकाशित 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।