२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

बालेन शाह अर्को कडा कदम ! फोहोर फाल्नेलाई तिराए २५ हजार जरिवाना !

असार २८, काठमाडौँ : नदि तथा खोलामा फोहोर फाल्नेमाथि काठमाडौँ महानगर एक्सनमा उत्रिएको छ । सामाजिक सञ्जालमा आइतबार र सोमबार धोबीखोलामा फोहोर

फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानरपालिकाले त्यसबारे छानविन गरि फोहोर फालेको प्रमाणित गरि एक्सनमा उत्रिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले

छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका हुन् ।
शाहले २५ हजार जरि’वाना तिराएको रसिद सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन्।

उनले आगामी दिनमा कसैले यस्तो गरेको फेला परे खबर गर्न अनुरोध गरेका छन्। कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ।

यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छु शाहले भनेका छन्, आगामी दिनहरुमा यस्ता कार्य नदोहो-र्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ।

२०७९ असार २८, मंगलवार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।