२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मेयर साम्पङको अर्को कमाल, आफू चड्न किनिएको स्कोरपियो बेचेर रोलर किन्दै !

असार २५, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले मेयरका लागि भनेर खरिद गरिएको स्कोरपियो बेचेर बाटो मर्मत गर्ने जेसीबी रोलर किन्ने भएका छन् ।

मेयर साम्पाङ्गले मेयर चढ्न भनेर खरिद गरिएको महेन्द्राको स्कोरपियो बेचेर जेसीबी रोलर खरिद गर्न गरेको प्रस्ताव नगर कार्यपालिकाले सर्वसम्मत रुपमा पारितसमेत गरेको बताएका छन् ।

बिहीबार बसेको नगर कार्यपालिकाको बैठकमा मेयर साम्पाङ्गले सो प्रस्ताव लगेका थिए । मेयरले लगेको प्रस्ताव कार्यपालिकाबाट सर्वसम्मत रुपमा पारित गरिएको मेयरले आफ्नो सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

आफू धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि मेयर साम्पाङ्ग मेयर चढ्ने चिल्लो गाडीले बाटोको खाल्डाखुल्डी नदेखिने भन्दै आफू निजी मोटरसाइकलमै हिँड्दै आइरहेका छन् ।

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।